‘कालापानी, लिपुलेक, लिम्पियाधुरामा सेना खटाऊ र जनगणना गर’ : मोहन वैद्य
‘कालापानी, लिपुलेक, लिम्पियाधुरामा सेना खटाऊ र जनगणना गर’ : मोहन वैद्य
    • Bell Sanchar

    • २५ आश्विन २०७८, सोमबार

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको क्षेत्रमा रहेका भारतीय सेनालाई तत्काल हटाएर नेपाली सेनाद्वारा सुरक्षा व्यवस्था गर्न र त्यस क्षेत्रमा अविलम्ब जनगणना गर्न सरकारसँग माग गरेका छन् ।

‘असोज ४ देखि १७ गतेसम्म भारतीय सेना र नेपाली सेनाका बीच भारतको पिथौरागढ क्षेत्रमा ‘सूर्यकिरण– १५’ नामक संयुक्त सैन्य अभ्यास गरिएको कुरा सञ्चार माध्यमहरुबाट जानकारीमा आएको छ,’ सो पार्टीको आसन्न केन्द्रीय समितिको बैठकको गृहकार्यस्वरुप हालै राजधानीमा सम्पन्न पोलिटब्युरो बैठकका निर्णयहरु सार्वजनि गर्दै महासचिव वैद्ययद्वारा जारी विज्ञप्तिमा लेखिएको छ– ‘नेपाली भूभाग कालापानीमा भारतीय विस्तारवादी शासकवर्गले आफ्नो सेना राखेको, लिपुलेक तथा लिम्पियाधुरासहितको क्षेत्र कब्जा गरेको र सो क्षेत्रमा भौतिक संरचना समेत निर्माण गरेको स्थितिमा नेपाल सरकारले त्यो क्षेत्रलाई फिर्ता ल्याउन भारत सरकारसँग कूटनीतिक पहललाई अगाडि बढाउनु पर्नेमा उल्टै भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास गराएर नेपाल सरकारले भारतीय शासकवर्गको ताबेदारी गरेको छ ।’

‘नेपाल सरकारले गरेको भारतको दलाली र उक्त सैन्य अभ्यासको घोर विरोध तथा तीव्र भर्त्सना गर्दै कालापानीबाट भारतीय सेना तुरुन्त फिर्ता गर्न, उक्त क्षेत्रको सुरक्षाका लागि नेपाली सेना खटाउन र सो क्षेत्रमा अविलम्ब जनगणना गर्न नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय यो पोलिटब्युरो बैठकले गरेको छ’– विज्ञप्तिको अन्त्यमा महासचिव वैद्यले लेखेका छन् ।

यस्तो छ क्रान्तिकारी माओवादीको विज्ञप्ति–

साताकाे चर्चित
सम्बन्धित