महेश बस्नेतले मागे गृहमन्त्री खाँणको राजीनामा
महेश बस्नेतले मागे गृहमन्त्री खाँणको राजीनामा
    • Bell Sanchar

    • २५ आश्विन २०७८, सोमबार

काठमाडौँ, २५ असोज । नेकपा (एमाले)का नेता महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । खाँणको गृह जिल्लामा प्रहरीले चलाएको गोलीबाट चार सुकुम्बासीको मृत्यु भएपछि नेता बस्नेतले राजीनामा मागेका हुन् ।                        उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका चार जना सुकुम्बासीको गोली हानी हत्या गरेको आरोप लगाउदै सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको उल्लेख गरेका छन् ।उनले लेखेका छन्- गृह मन्त्री राजिनामा दे !
परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गर्‍यो । दशैको मुखमा गृह मन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको छ । दर्जनौं घाइते बनाएको छ।यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ ।उधोग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाड संग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ?तिमीहरुले प्रतिगामी भनेको केपी सरकार हुन्थ्यो भने अहिले भुमिहिनलाई “जग्गा “ बितरण गर्थ्यो। तिम्रो कथित अग्रगामी सरकार छ र त अहिले भुमिहिनलाई “गोली “ बितरण गर्दै छ । त्यसैले जनता भन्दैछन् “तिम्रो कथित अग्रगामी सरकार मुर्दाबाद”।

साताकाे चर्चित
सम्बन्धित