कांग्रेसकी चर्चित सांसदले जन्माइन बिबाह नै नगरी बच्चा
कांग्रेसकी चर्चित सांसदले जन्माइन बिबाह नै नगरी बच्चा
    • Bell Sanchar

    • २५ आश्विन २०७८, सोमबार

काठमाडौ। एक चर्चित सांसदले बिबाह नै नगरी बच्चा जन्माएकी छिन्। अभिनेत्रीसमेत रहेकी तृणमूल कांग्रेस टीएमसीकी नुसरत जहाँले बिबाह नगरिकनै बच्चा जन्माएकी हुन्। बाबुको टुङ्गो नभएरै छोरा जन्माएपछि नुसरत तनावमा छिन्। अभिनेत्रीले एक छोरालाई जन्म दिएकी हुन्।आमा बनिसकेपछि फ्यान र सेलिब्रेटीहरु नुसरतलाई बधाई दिइरहेका छन्।नुसरत जहाँको गर्भावस्थाको बारेमा धेरै विवाद भएको थियो। नुसरत धेरै दिन देखि गर्भवती भएको खबरहरु आएका थिए। पछि नुसरतले बेबी बम्प देखाउँदै सार्वजनिक गरेको तस्विर भाइरल भयो। त्यसपछि उनको गर्भावस्था पुष्टि भयो।जब नुसरतको गर्भावस्थाको खुलासा भयो, त्यस समयमा उनी पति निखिल जैनसँग अलग भएको कुरा चर्चामा थियो। नुसरतको २०१९ मा निखिल जैनसँग विवाह भएको थियो। तर यस वर्ष भएको तनावपछि उनीहरु अलग भएका छन्। नुसरतको गर्भावस्थामा निखिल जैनले भनेका थिए कि उनी यस बारेमा केहि जान्दैनन्।उनले त्यसबेला पेटमा हुर्कदै गरेको बच्चा आफ्नो नभएको बयान दिएका थिए । त्यसबीच, नुसरत जहाँको अभिनेता यश दासगुप्तासंग अफेयर भएको चर्चा चल्यो। नुसरत जहाँ र निखिल जैनले सार्वजनिक रुपमा एक अर्का बिरुद्ध धेरै गम्भीर आरोप लगाएका छन्। निखिलले नुसरत र यश दासगुप्ताको अफेयर तिर इशारा गरेका थिए।यद्यपि निखिलले सीधै यशको नाम लिएनन्। तर यो पक्कै संकेत गरिएको थियो कि उनीहरुको सम्बन्धमा तनाव यशको कारणबाट आएको हो।नुसरतले निखिलसँगको बिहे अमान्य भन्दै अलग भएपछि आफ्नो एक बयानमा भनेकी थिइन्, ‘टर्की विवाह नियमनको अनुसार, एक विदेशी भूमिमा भएकोले, विवाह अमान्य छ।किनकि यो दुई फरक धर्मका मानिसहरु बीचको एक विवाह थियो, त्यसैले त्यसलाई भारतमा कानूनी मान्यता दिन आवश्यक थियो। आवश्यक थियो तर यो भएन्। नुसरतले थप्दै भनेकी थिइन्, ‘कानूनी रूपमा यो विवाह मान्य छैन, तर एक सम्बन्ध वा लिभ–इन सम्बन्ध हो।त्यसैले सम्बन्ध विच्छेदको प्रश्न उठ्दैन। नुसरतले निखिललाई आफ्नो खाताबाट पैसा निकालेको आरोप समेत लगाएकी थिइन्। यता, निखिलले पनि आरोप लगाए कि नुसरत जहाँ विवाह दर्ता गर्नबाट भाग्दै थिइन्।

साताकाे चर्चित
सम्बन्धित