सामान्य तवरले सञ्चालनमा आयो जेआर रेल लाइन
सामान्य तवरले सञ्चालनमा आयो जेआर रेल लाइन
    • Bell Sanchar

    • २५ आश्विन २०७८, सोमबार

टोकियोमा इष्ट जापान रेल्वे कम्पनीको रेल लाइनहरु सोमबार सामान्य तवरले सञ्चालनमा आएका छन् । अघिल्लो दिन बृहत टोकियो क्षेत्रका कयौं लाइनमा सेवा स्थगित भएको थियो । आइतबार दिउँसो बिजुली काँटिदा टोकियो क्षेत्रका कयौं लाइनहरुमा इष्ट जापान रेल्वेको सेवा अवरुद्ध भएका थिए ।टोकियोमा दिउँसो १ बजेतिर यामानोते, केइहिन–तोहोकु र जोबान लाइनसमेतका दश ओटा लाइनमा कम्पनीले अस्थायी रुपमा सेवा रोकेको थियो । केही घन्टापछि यामानोते समेत प्रभावित अधिकांश लाइन सञ्चालनमा आएका थिए । तर शोनन–शिन्जुकु लाइन भने दिन भर नै बन्द थियो ।यस घटनाका कारण करीब २ लाख ३६ हजार यात्रीहरु प्रभावित भएको कम्पनीले बताएको छ । साइतामा प्रिफेक्चरको वाराबी शहरको एक सबस्टेशनमा भएको आगलागीका कारण बिजुलीको आपूर्ति ठप्प भएको थियो । सो सब स्टेशनमा लागेको आगो करीब साढे तीन घन्टामा नियन्त्रणमा आएको थियो ।आगलागीको कारणबारे अझै अनुसन्धान भइरहेको छ । आगलागीमा परेर सबस्टेशनको ट्रान्सफर राखिने कोठा क्षतिग्रस्त भएको प्रहरीले बताएको छ । सो केन्द्रबाट टोकियो र यसका निकट क्षेत्रहरुमा अन्य सबस्टेशनबाट बिजुली पठाइन्थ्यो ।

साताकाे चर्चित
सम्बन्धित