चर्चित कोरियोग्राफर गीता कपुरले को संग गरिन बिवाह ?
चर्चित कोरियोग्राफर गीता कपुरले को संग गरिन बिवाह ?
    • Bell Sanchar

    • २५ आश्विन २०७८, सोमबार

मुम्बई । चर्चित कोरियोग्राफर गीता कपुर बलिउडका अविवाहित सेलिब्रेटी मध्य एक हुन् । उनले अहिलेसम्म आफ्नो जीवनसाथी रोजेकी छैनन् । अहिले भने गीताको केही तस्बिर बाहिर आएको छ । जुन चर्चामा छ । तस्बिरमा गीताले सिउँदोमा सिन्दुर लगाएकी छन् । तस्बिरका कारण उनको विवाहको हल्ला फैलिएको छ ।गीताले गोप्य रुपमा विवाह गरेको मानिसहरुको भनाई रहेको छ । रातो पहिरनमा देखिएकी गीताले रातो लिपस्टिक र रातै टिका लगाएकी छन् । रिंग र झुम्काको साथै उनको गलामा नेकलेस पनि देख्न सकिन्छ । उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।फ्यान उनको तस्बिर देखेर प्रश्न गरिरहेका छन् ‘सिन्दुर कसको नामको हो ? एक फ्यानले लेखेका छन्, ‘माको सिउँदोमा सिन्दुर ..माको विवाह कहिले भयो । अर्काे एकले लेखेका छन् सिन्दुर कसको नामको हो मा ।’कामको कुरा गर्ने हो भने गीता डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ को जर्ज हुन् । उनले फिजा, अशोका, साथिया, हे बेबी, अलादीनलगायत थुप्रै फिल्ममा कोरियोग्राफी गरेकी छन् । उनलाई फ्यान प्रेमले गीता मा भनेर बोलाउने गर्दछन् ।

साताकाे चर्चित
सम्बन्धित