• Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

काठमाडौं। जम्मु कश्मिरको पुंछमा भारतीय सेनापछि पछिल्लो केही महिना यताकै ठूलो आतंकवादी आक्रमण भएको छ । सोमबार पुंछ जिल्लामा भारतीय सेना र आतंकवादीको बीच भएको मुठभेडमा भारतीय सेनाका ५ जवान मारिएका छन् । मारिनेमा ४ जना सेनाका जवान र एक जना जेसीओ रहेको बताइएको छ ।

पुंछ जिल्लाको चमरेर जंगलमा आतंकवादीहरु लुकेको जानकारी भारतीय सेनाले पाएको थियो । एजेन्सीले मुगल रोड नजिकै चमरेर हुँदै आतंकवादीहरु घुसपैठ गरेको इनपुट प्राप्त भएको थियो । त्यसपछि सुरक्षा बल यहाँ अपरेशनको लागि गएको थियो । आज बिहानदेखि भारतीय सुरक्षा बल र आतंकवादीबीच मुठभेड भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित