इमरान खानले अमेरिका, तालिबान र चीनबारे गरे यस्तो खुलासा , अमेरिकाले नयाँ कदम चाल्न सक्ने संकेत
इमरान खानले अमेरिका, तालिबान र चीनबारे गरे यस्तो खुलासा , अमेरिकाले नयाँ कदम चाल्न सक्ने संकेत
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाले आफूलाई नियन्त्रणमा राख्नुपर्ने बताएका छन्। अन्यथा अफगानिस्तान ध्वस्त हुने वताउँदै उनले भने,  ‘अफगानिस्तान अतिवादीहरुको गढ बन्नेछ। अफगानिस्तानको हारबाट मुक्त भएको अमेरिकाले त्यहाँ तत्काल मद्दत पठाउनु पर्छ, ताकि नजिकै रहेको मानवीय विपत्तिबाट बच्न सकियोस्।’ सोमबार, इमरान खानले इस्लामाबादमा लन्डनको अनलाइन समाचार पोर्टल ‘मिडिल ईस्ट आई’ लाई दिएको एक साक्षात्कारमा यी कुराहरु भनेका हुन ।

इमरान खानले भने, ‘पाकिस्तानका लागि यो महत्वपूर्ण छ कि अमेरिकाले यो चुनौतीको सामना गर्नका लागि कदम चाल्छ। अन्यथा  आतंकवाद बिरुद्धको युद्धमा हजारौं मानिसहरु मारिए पछि पाकिस्तानले फेरि ठूलो मूल्य चुकाउनु पर्नेछ। यो साँच्चै एक धेरै महत्वपूर्ण समय हो। अमेरिकाले आफ्नो भावनाहरुलाई नियन्त्रण गर्नु पर्छ, किनकि अमेरिकीहरु अझै शोकमा छन्।’अमेरिकाका जनताको बारेमा पाकिस्तानी प्रधानमन्त्री खानले भने, उनीहरु एक विशेष प्रकारको लोकतन्त्र, देश निर्माण वा महिला स्वतन्त्रताको बारेमा सोच्दै थिए जब अचानक तालिबान आयो। मानिसहरु क्रोध, स्तब्ध र आश्चर्यले भरिएका छन्। जबसम्म अमेरिकाले नेतृत्व लिदैन, हामी अफगानिस्तानमा अराजकता फैलाउनेबारे चिन्तित हुनेछौं र यसले हामीलाई सबैभन्दा बढी असर पार्नेछ।

तालिबानको अस्थायी सरकारको ढाँचाको बारेमा इमरान खानले  समावेशी नभएको वताएका छन् ।

उनले  पाकिस्तान छिमेकी देशहरु ताजिकिस्तान र उज्बेकिस्तानसंग सरकारमा विभिन्न अल्पसंख्यक समुदायको सहभागिता बढाउनको लागि काम गरिरहेको पनि वताए ।

इमरान खानलाई पाकिस्तानमा अमेरिकालाई अफगानिस्तानमा इस्लामिक स्टेटलाई लक्षित गर्न ठाउँ दिने बारेमा प्रश्न सोधिएको थियो। यसमा इमरान खानले उत्तर दिँदै भने, ‘यो हुनेछैन किनकि हामी फेरी संघर्षको एक हिस्सा बन्नु पर्दैन।’

अफगान युद्धको कारण पाकिस्तानलाई भएको हानीको सम्बन्धमा उनले भने, ‘पाकिस्तान जत्तिकै क्षति कुनै देशले भोग्नु परेन। हाम्रा ८० हजार मानिस मरे। हाम्रो अर्थतन्त्रलाई १५० अर्ब डलरको नोक्सान भयो। यसले हाम्रो अर्थतन्त्रलाई ध्वस्त पारेको छ।’
अमेरिका फिर्तापछि चीनको प्रभावबारे सोधिएको प्रश्नमा उनले भने , ‘चीन एक उदीयमान शक्ति हो, जसले अमेरिका छोडेर खाली ठाउँमा खुट्टा फैलाउन सक्छ। यो पनि चीन हालको समस्याग्रस्त दिनहरुमा पाकिस्तानको साथ उभिएको छ, त्यसैले हामी सधैं उनीहरुलाई सम्झन्छौं।

चीनको भिगर मुसलमानहरुको मानव अधिकार उल्लङ्घनको सन्दर्भमा इमरान खानले भने यसबारे चीनसँग कुरा गरेको पनि जानकारी दिए। उनले भने, ‘ पाकिस्तान र चीनको सम्बन्ध यस्तो छ कि हामी सबै कुरा बन्द ढोका भित्र गर्छौं। हामी यस बारे सार्वजनिक रुपमा केहि भन्न चाहन्नौं।’

साताकाे चर्चित
सम्बन्धित