दक्षिण कोरियामा यौ’न दु’र्व्यवहार महिला सैन्यले गरेको आत्मह’त्या का’ण्ड हंगामा
दक्षिण कोरियामा यौ’न दु’र्व्यवहार महिला सैन्यले गरेको आत्मह’त्या का’ण्ड हंगामा
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

दक्षिण कोरियामा आफूमाथि समकक्षीले यौ’न दु’र्व्यवहार गरेको आरोप लगाउने एक महिला एयर फोर्स अधिकारीले आत्मह’त्या गरेपछि १५ जनामाथि मुद्दा चलाइएको छ ।                                यो घटना लुकाउन खोज्ने दर्जनौँ एयर फोर्सका अधिकारीहरूमाथि अनुशासनको कारबाही पनि गरिने भएको छ । यस घटनाले गत जुन महिनामा ठूलो हंगामा मच्चिएको थियो ।गत मार्चमा एयरफोर्स मास्टर सार्जेन्ट रहेकी ती महिलालाई सैन्य बेसमा आयोजित एक डिनर मिटिङबाट घर फर्कने क्रममा कारमा पुरुष समकक्षीले यौ’न दु’र्व्यवहार गरेको आरो’प थियो ।उनले यो घटना आफ्ना सिनियर अधिकारीहरुलाई रिपोर्ट गरे पनि अनुसन्धानमा उनीहरुले त्यो घटनालाई लुकाउन खोजेर सहमति गर्न बाध्य पारिएको खुलासा भएको थियो । उनले मेमा आत्मह’त्या गरेकी थिइन् ।राष्ट्रपति मुन जे ईन ले घटनामा माफी माग्दै चिफ अफ स्टाफ जेनेर लि स्योङ योङको राजीनामा स्वीकृत गरेका थिए । योङले आफ्ना महिला अफिसरको मृ’त्युमा ‘गहिरो जिम्मेवारी’ लिँदै राजीनामा दिएको बताएका थिए । यो घटनामा गत जुनमा एक पुरुष सार्जेन्टलाई पक्राउ गरिएको थियो तर हाल कानुनी कारबाही चलिरहेको छ ।अर्को घटनामा एक तेस्रो लि’ङ्गी सैनिकमाथि गैरकानुनी रुपमा भेदभाव गरेको कारण जबरजस्ती सेवा छाड्न बाध्य बनाएको एक अदालतले फैसलामा उल्लेख गरेको छ । ती सैनिक पछि आफ्नो घरमा मृ’त अवस्थामा फेला परेका थिए ।दक्षिण कोरियाको पहिलो तेस्रो लि’ङ्गी सैनिकको मृ’त्युको कारणबारे आधिकारिक जानकारी दिइएको छैन । तर, उनले आ’त्मह’त्या गरेको समाचारहरु प्रकाशित भएका थिए ।दक्षिण कोरियाको सेनामाथि आफ्ना महिला सैनिकको सुरक्षा गर्न नसकेको आरोप लाग्दै आएको छ ।सेनामा यौ’न दु’र्व्यवहारका घटना बाहिर आएपछि सांसदहरुले यो वर्ष कानुन पारित गर्दै ती मुद्दाको सुनुवाई नागरिक अदालतमा गर्नुपर्ने बनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित