आईपीइल प्ले अफ् : कोलकाता विजयी, बैंग्लोर बाहिरियो
आईपीइल प्ले अफ् : कोलकाता विजयी, बैंग्लोर बाहिरियो
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

एजेन्सी । कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै रोयल च्यालेन्जर्स बैंग्लोर इण्डीयन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटबाट बाहिरिएको छ ।

युएईको सारजहाँमा गएराति भएको एलिमिनेटर खेलमा कोलकाताले बैंग्लोरलाई ४ विकेटले हरायो । खेलमा पहिले व्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन जोडे ।

जवाफमा १ सय रनको मध्यम लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पार ग¥यो । कोलकाताको जितमा शुभमन गिलको २९ रन, भेङ्कटेश ऐर र सुनिल नारीनको २६–२६ रन तथा नितिश रानाको २३ रन महत्वपूर्ण रह्यो ।

जितसँगै कोलकाताले दिल्ली क्यापिटल्ससँगको दोस्रो क्वालीफायर भिडन्त पक्का गरेको छ । यो खेलको विजेताले चेन्नाई सुपर किङ्सविरुद्ध उपाधिका लागि खेल्नेछ ।

साताकाे चर्चित
सम्बन्धित