‘अजेय सेना’ बनाउने उत्तर काेरियाली नेता किम जाेङकाे प्रण
‘अजेय सेना’ बनाउने उत्तर काेरियाली नेता किम जाेङकाे प्रण
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

काठमाण्डाै – उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकाको शत्रुतापूर्ण नीतिविरुद्ध कसैले पनि पराजित गर्न नसक्ने ‘अजेय सेना’ बनाउने प्रण गर्नुभएको छ । किम जोङ उनले हतियारको विकास युद्ध सुरु गर्न नभइ आत्म सुरक्षाका लागि भएको बताउनुभएको उत्तर कोरियाली सरकारी मिडियाहरूले बताएका छन् । विभिन्न ठूलाठूला क्षेप्यास्त्रहरू राखेर आयोजना गरिएको एक दुर्लभ प्रकारको सुरक्षा प्रदर्शनीका बेला किम जोङ उनको यस्तो टिप्पणी आएको हो । उत्तर कोरियाले भर्खरै मात्रै ‘हाइपरसोनिक’ र विमानभेदी क्षेप्यास्त्र भएको दाबी गरिएका हतियारको परीक्षण गरेको थियो । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको सेल्फ डिफेन्स आत्म सुरक्षसम्बन्धी २०२१ को प्रदर्शनीमा सम्बोधन गर्दै किम जोङले छिमेकी देश दक्षिण कोरियासँग लडाइँ गर्न नचाहेको बताउनुभएको छ । ‘हामी कसैसँग युद्धको चर्चा गरिरहेका छैनौँ, खासमा युद्ध रोक्नका लागि यस्तो गरिरहेका छौँ । आफ्नो देशको सम्प्रभुताको रक्षाका लागि हामी यस्तो गरिरहेका छौँ’, उहाँले भन्नुभयो । सम्बोधनका क्रममा किम जोङ उनले उत्तर र दक्षिण कोरियाबीचको तनाव बढाउन भूमिका खेलेको भन्दै अमेरिकाको आलोचना गर्नुभयो । उहाँले उत्तर कोरियाप्रति अमेरिकाको व्यवहार ‘शत्रुतापूर्ण’ रहेको बताउनुभयो । जो बाइडेन नेतृत्वको अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहेको पटक पटक भन्दै आएको छ तर प्रतिबन्ध खुकुलो गरिनुअघि उत्तर कोरियाले आणविक हतियार त्याग्नुपर्ने बताएको छ । उत्तर कोरियाले यो सर्तको अस्वीकार गर्दै आएको छ ।यसबारेमा राष्ट्र सङ्घीय एटोमिक एजेन्सीले चिन्ता व्यक्त गरेको थियो । उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि हतियार विकास गर्न आवश्यक रहेको बताउँदै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित