सुनिलबहादुर थापालाई उद्योगमन्त्री बनाउने तयारी
सुनिलबहादुर थापालाई उद्योगमन्त्री बनाउने तयारी
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् । अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । असोज २२ गते गैरसांसदको रुपमा गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाईएको थियो । तर, उनले दुई दिन बित्न नपाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए ।हमालले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि देउवाले आँफै सम्हालेका छन् । उद्योग मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे प्रधानमन्त्री देउवाले भित्रभित्रै तयारी गरिरहेका छन् । प्रधानमन्त्रीनिकट विश्वस्त सूत्रका अनुसार यसपटक प्रधानमन्त्री देउवाले राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापालाई उद्योग मन्त्रालयमा पठाउने तयारी गरेका छन् ।थापा सांसद भने छैनन् । सांसद नभएपनि संविधानतः ६ महिनाको लागि मन्त्री हुन पाउने व्यवस्था छ । थापा यसअघि पनि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भैसकेका छन् । उनको भारतसँग अत्यन्तै सुमधुर सम्बन्ध छ । उता, प्रधानमन्त्री देउवालाई पार्टीभित्रकै केही नेताले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुपर्ने भन्दै लविङ गरिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित