परिणीति चोपडालाई सगरमाथाले नम्रताको पाठ सिकायो
परिणीति चोपडालाई सगरमाथाले नम्रताको पाठ सिकायो
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

चलचित्रको छायांकनको लागि अनुपन खेर, परिणीति चोपडा र बोमन इमानी केहि दिन देखि नेपालमा छन् ।त्यसैक्रममा बलिउडकी कलाकार परिणीति चोपडाले सगरमाथासँग फोटो खिचाएकी छन् । उनले मंगलबार सगरमाथासँग तस्वीर खिचाएकी हुन् ।चोपडाले केही तस्वीरहरू सामाजिक सञ्जालमा राखेकी छन् ।उनले ‘गुड मर्निङ, माउन्ट एभरेष्ट ! तिमीले आज मलाई नम्रताको पाठ सिकायौ,’ उनले लेखेकी छन् ।केहि दिन अघि अनुपम खेरले पशुपतिनाथको दर्शन समेत गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित