पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो जारी गरेको बक्तब्य समय सान्दर्भिक छः शर्मा
पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो जारी गरेको बक्तब्य समय सान्दर्भिक छः शर्मा
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो जारी गरेको बक्तब्य समय सान्दर्भिक भएको बताएका छन । आज खबर ब्रेकि ङ संग कुरा गदै शर्माले यस्तो बताएका हुन ।

उनले भने, ‘राजा ज्ञानेन्द्र शाहबाट ठिक समयमा ठिक बक्तब्य जारी भएको छ । यो बक्तब्यको सबै देशभक्त नेपालीहरुले स्वागत गर्नु पर्छ । राजाको बक्तब्यलाई लिएर केही राजनीतिक दलका नेताहरु अतालिएका छन ।”

उनले अब छिटो राजसंस्था फर्किनु पर्ने र देशमा देखिएको संकट समाधान हुनु पर्नेमा जोड दिए । राजनीतिक दलहरुले देश बर्बाद पारेको र यो सुधार्न राजसंस्था नै आउनु पर्ने उनले बताए ।

हिजो राजाले जारी गरेको बक्तब्यको सार पनि त्यही भएको उनले स्पस्ट पारे । राजसंस्था अहिलेको आबश्यकता भएको उल्लेख गदै शर्माले अब कुनै ढिला नगरी नेपाली जनताले बिबेक पुयाउनु पर्ने बताए ।

अब देशमा राजसंस्था नआए नेपाली जनताले अझै बढी दुख्ख ब्यहोर्नु पर्ने उनले बताए । देशमा छाडातन्त्र मात्र भएको र बास्तबिक प्रजातन्त्रको जनताले अनुभूति गर्न नपाएको उनले बताए ।

उनले भने ,’आज जुन किसिमले देश चलिरहेको छ, यो ठिक छैन । जनताले बास्तबिक प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् । नेता मोटाउदै जाने र जनता दुब्लाउदै जाने यो बास्तबिक प्रजातन्त्र हुनै सक्दैन ।”

हिजो राजाले जारी गरेको बक्तब्यले सबै नेपालीको मन छोएको र जनता खुसी भएको उनले बताए । अब राजसंस्था बिना देश बच्न नसक्ने शर्माले दाबी गरे ।

साताकाे चर्चित
सम्बन्धित