अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्न मोदीको आग्रह
अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्न मोदीको आग्रह
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार अफगानिस्तानको स्थितिबारे जी -२० सम्मेलनमा भर्चुअल माध्यमबाट भाग लिएका छन् ।उनले अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्न आग्रह गरे।प्रधानमन्त्रीले एक ट्वीटमा लेखे, ‘अफगानिस्तानमा जी -२० शिखर सम्मेलनमा भाग लिए। अफगानिस्तान क्षेत्रलाई कट्टरपन्थीकरण र आतंकवादको स्रोत बन्नबाट रोक्न जोड दिईयो।’प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा भन्यो , ‘अफगानिस्तानको स्थितिबारे प्रधानमन्त्रीले जी -२० बैठकको आयोजनालाई स्वागत गरे।प्रधानमन्त्री मोदीले विगत दुई दशकमा अफगानिस्तानको आर्थिक र सामाजिक विकासमा भारतको योगदानको उल्लेख गरे ।उनले  भारतले अफगानिस्तानमा ५०० विकास परियोजनाहरुमा सहयोग गरेको वताए ।उनले अफगानिस्तानमा मानवीय सहायताका लागि विश्वका देशहरु एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिए।

साताकाे चर्चित
सम्बन्धित