जापानका प्रधानमन्त्रीद्धारा संसद विघटन, अक्टोबर ३१ मा संसदीय निर्वाचन
जापानका प्रधानमन्त्रीद्धारा संसद विघटन, अक्टोबर ३१ मा संसदीय निर्वाचन
    • Bell Sanchar

    • २८ आश्विन २०७८, बिहीबार

एजेन्सी । चुनावको तिथि तोक्दै जापानका प्रधानमन्त्री फुकिओ किशिदाले संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।बैठकलगत्तै उहाँले संसद विघटन भएको जानकारी दिनुभएको हो ।जापानमा आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा निर्वाचित भएपछि फुकिओ किशिदा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । अक्टोबर ४ मा प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नयाँ निर्वाचनको तयारी थाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम समेत घोषणा गर्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित