दशैंमा मधिरा विक्रीमा राेक
    • Bell Sanchar

    • २९ आश्विन २०७८, शुक्रबार

कन्चनपुर । स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर मदिरा बिक्रीमा रोक लगाइएको बताए । त्यसका साथै प्रहरी जिल्लाभर चाडपर्व लक्षित सुरक्षा योजनासहित शान्ति सुरक्षामा खटिएको उनले बताए ।

यहाँ लुकिछिपी जुवा खेल्ने समूहलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ । प्रहरीले मदिरा बिक्री वितरण बन्द गर्न जिल्लाभरिका प्रहरी कार्यालय र चौकीहरुलाई निर्देशन दिइसकेको छ ।

त्यसैगरी मदिरा नियन्त्रण अनुगमन समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले आफूहरु जिल्लामा मदिरा न्युनीकरण र नियमनका लागि २०६३ सालदेखि सक्रिय रहेको बताए । “चाडपर्वमा हिंसात्मक घटना, चोरी डकैती बढ्ने भएकाले हामीले हरेक ठुला चाडपर्वमा मदिरा बिक्रीमा रोक लगाउन पहल गर्दै आएका छौँ”, उनले भने, “स्थानीय प्रशासन र सम्बन्धित व्यापारीहरुबाट पनि सहयोग भएकाले यो सम्भव भएको हो ।”

Nabintech
साताकाे चर्चित
सम्बन्धित