पाकिस्तानलाई अब ऋण प्राप्त गर्न कठिन हुन सक्ने
पाकिस्तानलाई अब ऋण प्राप्त गर्न कठिन हुन सक्ने
    • Bell Sanchar

    • २९ आश्विन २०७८, शुक्रबार
पाकिस्तानलाई अब ऋण प्राप्त गर्न कठिन हुन सक्ने

अब विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने देखिएको विश्व बैंकको एक रिपोर्टमा भनिएको छ ।                               पाकिस्तान सबैभन्दा धेरै बाहिरी ऋण भएको शीर्ष १० देशमा परेको र कोभिड–१९ महामारीपछि ऋण सेवा निलम्बन पहल (डीएसएसआई) का लागि योग्य भएको हुँदा अब उसलाई विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने विश्व बैंकको रिपोर्टमा भनिएको छ ।१० सबैभन्दा ठूला डीएसएसआई योग्य ऋणी देशको संयुक्त विदेशी ऋण सन् २०२० को अन्त्यमा पाँच सय नौ बिलियन डलर थियो, यो सन् २०१९ को तुलनामा १२ प्रतिशत धेरै हो । सबैभन्दा धेरै ऋण लिने १० देशमा अङ्गोला, बङ्गलादेश, इथियोपिया, घाना, केन्या, मङ्गोलिया, नाइजेरिया, पाकिस्तान, उज्वेकिस्तान र जाम्बिया रहेको विश्व बैंकको रिपोर्टमा भनिएको छ ।यसअघि पाकिस्तानले लिएको ऋणमा ४० प्रतिशत योगदान इमरान खान सरकारको रहेको रिपोर्ट पनि सार्वजनिक भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित