प्रहरीकाे दसैँ : मासुभात खाने, ड्युटी गर्ने, ब्यारेकमै टीका अनि शान्ति सुरक्षामा केन्द्रित
प्रहरीकाे दसैँ : मासुभात खाने, ड्युटी गर्ने, ब्यारेकमै टीका अनि शान्ति सुरक्षामा केन्द्रित
    • Bell Sanchar

    • २९ आश्विन २०७८, शुक्रबार

काठमाडौं। चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन। प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ। कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ। घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ।फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु। तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ। यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी। यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ।

साताकाे चर्चित
सम्बन्धित