पर्सिदेखि देशभरको मौसम बद्ली हुने, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको सम्भावना
पर्सिदेखि देशभरको मौसम बद्ली हुने, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको सम्भावना
    • Bell Sanchar

    • ३० आश्विन २०७८, शनिबार

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि पर्सिदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर पर्सिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो ।भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोलि नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् शान्ती कडेलले बताउनुभयो । पर्सि आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा मेघ गर्जन, चट्यांग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ ।मौसमविद्ले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । दशैँमा गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र फर्किन पनि उनीहरुको सुझाव छ ।

साताकाे चर्चित
सम्बन्धित