राष्ट्र भनेको भूगोल मात्र होइन, धर्म-संस्कृति र परम्परा पनि हो : ज्ञानेन्द्र शाही
राष्ट्र भनेको भूगोल मात्र होइन, धर्म-संस्कृति र परम्परा पनि हो : ज्ञानेन्द्र शाही
    • Bell Sanchar

    • ३० आश्विन २०७८, शनिबार

हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीले नेपालीहरुको महानचाड पर्व बडादशैँको तथा विजयादशमीको अवसरमा सम्पुर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । राष्ट्र भनेको भूगोल मात्र होइन त्यो राष्ट्र भित्रको धर्म, संस्कृति, र परम्परा हो भन्दै सबैलाई विजयादशमीको शुभकामना दिएका हुन् । शाहीले गृह जिल्ला सुर्खेत पुगेर आज टीका ग्रहण गरेका छन् । शाहीले टीका लगाएको तस्विर शेयर गर्दै सामाजिक संजाल मार्फत लेखेका छन्ः ‘राष्ट्र भनेको भूगोल मात्र होइन त्यो राष्ट्र भित्रको धर्म, संस्कृति, र परम्परा पनि हो’ । ‘देश-विदेशमा छरिएर बस्नु भएका सम्पूर्ण नेपालीहरुमा बिजया दशमी २०७८को हार्दिक मंगलमय शुभकामना भगवानले सबैको रक्षा गरुन् ।’

साताकाे चर्चित
सम्बन्धित