सोलुखुम्बुमा पूजा गर्ने क्रममा आगलागीबाट घर पसल जलेर नष्ट
सोलुखुम्बुमा पूजा गर्ने क्रममा आगलागीबाट घर पसल जलेर नष्ट
    • बेल संचार

    • ३० आश्विन २०७८, शनिबार

सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका-६ थातिङ बस्ने ५० वर्षीय वीर बहादुर बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात्त र नगद समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।                        प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेस्थित राम कृष्ण लामिछानेको आर।के।                     किराना पसलमा पूजा गर्ने क्रममा सोमबार बिहान आगलागी हुँदा पसलमा रहेको सबै किराना सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।सोही आगलागीमा जलेर घाइते भएका राम कृष्णलाई उपचारको लागि हेटौंडा अस्पतालतर्फ लगिएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित