सामान्य स्तरमा फर्किदै जापानमा जनजीवन
सामान्य स्तरमा फर्किदै जापानमा जनजीवन
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

जापानमा जनजीवन विस्तारै लयमा फर्किरहेको छ । कोरोना भाइरसको महामारीका कारण लगाइएको अपातकाल हटाइएको दुई हप्ता भइसकेको छ । देशका अधिकांश प्रिफेक्चरहरुमा कोरोना भाइरसका नयाँ बिरामीको संख्या निरन्तर घटिरहेको छ । फुकुशिमा प्रिफेक्चरको ओकुमा शहरका बासिन्दाहरुले कमिङ अफ एज डे समारोहको आयोजना पनि गरेका थिए । देशभर सात दिनको दैनिक औसत संक्रमण करीब ६३० मा आएको छ । यो यस वर्षको अहिलेसम्मकै न्यून हो । राजधानी टोकियोमा पनि विगत सात दिनको औसत दैनिक संक्रमण ६३ दशमलव ३ मा आएको छ । शनिबार राजधानीमा ६६ जना नयाँ संक्रमित थपिएको टोकियो महानगर सरकारले बताएको छ । यो शुक्रबारको तुलनामा ९ बढी हो भने गत शनिबारको भन्दा १६ कम हो ।तर सतर्क भने रहन जरुरी भएको विज्ञहरुले बताइरहेका छन् । शरद ऋतु र जाडोयाम नजिकिँदै गर्दा मौसमी कारणहरुले गर्दा संक्रमण बढ्न सक्ने तोहो विश्वविद्यालयका प्राध्यापक तातेदा काजुहिरोले बताएका छन् । आफूले कोरोना भाइरस विरुद्धको खोप दर बारे विचार गरिरहेको र यो दर ८० प्रतिशतमा पुग्छ कि पुग्दैन भनेर सोचिरहेको उनले बताएका छन् ।आफूलाई खोप लगाएको भएपनि नभएपनि मानिसहरुले निरन्तर सतर्कता भने अपनाइरहनु पर्ने काजुहिरोले बताएका छन् । जापानभर शनिबार संक्रमण ५०० भन्दा तल आएको छ । सोही दिन कोभिडका कारण १३ जनाको मृत्यु भएको छ । गम्भीर खालका बिरामीको संख्या पनि शुक्रबारको तुलनामा २२ ले घटेर ३३५ मा आएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित