मेलम्ची-इन्द्रावती जोड्ने अस्थायी पुल बाढीले बगायो
मेलम्ची-इन्द्रावती जोड्ने अस्थायी पुल बाढीले बगायो
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

सिन्धुपाल्चाेक – गए रातिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्ने अस्थायी पुल बगाएको छ ।गएको असार १ को बाढीले पक्की पुल बगाएपछि झण्डै तीन महिनापछि ह्युम पाइप राखेर त्यहाँबाट मोटरबाटो बनाइएकोे थियो । तर गएराति ठूलो पानी परेकाले अस्थाई पुल बगाए पछि मेलम्ची नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० सँगको सडक सम्पर्क बिच्छेद भएको छ । यस्तै, पाँच पोखरी थाङपाल गाउँपालिकाको पुरै र ईन्द्रावती गाउँपालिको केही क्षेत्रमा पनि सडकसँगको सम्पर्क टुटेको छ ।यस्तै, मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमाथिको माटो बगाएका कारण यो सडकसमेत अवरुद्ध भएको छ । गएको असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखेर गाडको आवतजावत खुलाइएको थियो ।

साताकाे चर्चित
सम्बन्धित