कलाकार, निर्माता एवम् बरिष्ट संचारकर्मी दिनेश डिसीको पिताको निधन
कलाकार, निर्माता एवम् बरिष्ट संचारकर्मी दिनेश डिसीको पिताको निधन
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

रेडियो कान्तिपुरको स्टेशन म्यानेजर तथा कलाकार, निर्माता,बरिष्ट संचारकर्मी दिनेश डिसीको पिताको निधन भएको छ । पिता गोविन्द बहादुर दहालको निधन भएको खबर बिभिन्न सामाजिक संजालमा सार्वजनिक भएको छ । दिनेस डिसी आफैले पनि आफ्नो पिताको निधन भएको पुष्टी गरिसकेका छन् । दशैको बेला के कति कारणले निधन भयो भन्ने बारेमा अहिले सम्म खुलेको छैन । उनको निधन पछि एमालेका नेता इश्वर पोख्रेलले पिता गोविन्द बहादुर दहाललाइ श्रद्धाञ्जली दिदै गरेको तस्विर पनि उनले आफ्नै फेसबुकमा सार्वजनिक गरेका छन् । उनले आफ्ना आफन्त र शुभचिन्तकलाइ आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने जानकारी पनि दिएका छन् । स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित छन् । पछिल्लो समय उनले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए । कलाकार, लेखक,निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभाको धनी हुन् । केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत केहि बर्ष वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत छन् । उनि चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत हुन् ।

साताकाे चर्चित
सम्बन्धित