कोरोनाले मृत्यु हुनेको संख्या ४९ लाख नाघ्यो
कोरोनाले मृत्यु हुनेको संख्या ४९ लाख नाघ्यो
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४९ लाख नाघेको छ । अहिलेसम्म विश्वभर २४ करोड ११ लाख बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २१ करोड ८३ लाख सङ्क्रमित निको हुँदा ४९ लाख ९ हजारको भने मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ४ करोड ५७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ५३ लाख निको भएका छन् । ७ लाख ४४ हजारको भने मृत्यु भएको छ । यस्तै ३ करोड ४० लाखमा सङ्क्रमण पुष्टि भएको भारतमा ३ करोड ३४ लाख निको भएका छन् । ४ लाख ५२ हजारको भने मृत्यु भइसकेको छ । यसैगरी ब्राजिलमा २ करोड १६ लाखमा सङ्क्रमण हुँदा २ करोड ७ लाखले कोरोना जितिसकेका छन् । ६ लाख ३ हजारको भने ज्यान गएको कोरोना सङ्क्रमितको सङ्खा अध्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित