ज्ञानेन्द्र बोलेपछि दमननाथले भने – कहाँ छन् परिवर्तनकर्ता नायकहरू ?
ज्ञानेन्द्र बोलेपछि दमननाथले भने – कहाँ छन् परिवर्तनकर्ता नायकहरू ?
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान परिवर्तन रक्षा गर्ने दायित्व साझा भएको बताएका छन् । आइतबार ट्वीट गर्दै ढुंगानाले वर्तमान परिवर्तन रक्षाका लागि परिवर्तनकर्ता दल तथा नायकहरूले दायित्व बिर्सिएको बताए ।  ‘हाम्रो नेपालमा राष्ट्रवादको मानसिकता बलियो छ। सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन र ? कहाँ छन् परिवर्तनकर्ता दल तथा नायकहरू ?,’ उनको प्रश्न छ ।

असोज २६ गते दसैँको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र नेपालमासान्दर्भिक नहुने बताएका थिए । ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं,’ उनको सन्देशमा भनिएको छ ।

त्यसपछि मुलुकमा स्वर चर्कने पुरानो राष्ट्रवाद जागेको ०६२/६३ को जनआन्दोलनका नागरिक अगुवा समेत रहेका ढुंगानाको भनाइ छ ।  ‘राजा बोले स्वर चर्कने पुरानो राष्ट्रवाद जाग्दैछ भन्दै ढुंगानाले ज्ञानेन्द्रको अभिव्यक्तिबारे राजनीतिक दललाई सजक गराएका छन् ।

साताकाे चर्चित
सम्बन्धित