के राजतन्त्र फर्किएला त ?
के राजतन्त्र फर्किएला त ?
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

काठमाण्डौ । यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको सान्दर्भिकतबारे उल्लेख गरेका छन् । नेपालका अन्तिम राजा शाहले राजसंस्था फर्काउने कुरा गर्नु स्वाभाविक हो । तर, उनको यसपटकको दशैंको शुभकामनामा राजसंस्थाविनाको प्रजातन्त्र र प्रजातन्त्रविनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने टिप्पणी गर्नु अर्थपूर्ण छ ।

पूर्वराजा शाहले मौलिक धर्म संस्कृति संकट पार्ने र राष्ट्रहितमा केन्द्रित पार्नुपर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएको टिप्पणी गरेका छन् । उनको अभिव्यक्तिमा सनातन हिन्दु धर्मको विषय र छिमेकी मुलुकहरुसँगको सम्बन्धको विषय इंकित छ । यसबाट उनले राजसंस्था रहँदा छिमेकीहरुसँगको सम्बन्ध पनि सन्तुलित हुने सन्देश दिन खोजेका छन् । हिन्दु राष्ट्रको विषयमा बहस भइरहँदा उनको त्यसमा पनि चाहना देखिएको छ धर्मनीरपेक्षताको अभ्यासका क्रममा सनातन हिन्दु धर्ममाथि आक्रमण भइरहेको भन्दै उक्त धर्मसम्वद्ध संस्थाहरु एकजुट हुन थालेका छन् । हिन्दु धर्मालम्बी बहुसंख्यक जनता यसप्रति सचेत हुन थालेका छन् । आफ्नो धर्मसंस्कृतिप्रति आस्था बढ्दै गएको छ । दशैं जस्तो चाडमा पनि तेरो र मेरो भन्ने सोच बनाएर द्वन्द्व निम्त्याउन खोजिएको छ । अरुको संस्कृति र चाडपर्वप्रति नकारात्मक धारणा बढाउने योजनावद्ध कार्यशैलीका कारण हिन्दुहरु एकजुट हुन थालेका छन् । हिन्दुराष्ट्रको मुद्दा बलियो बन्दै गएको छ । यसले कतै राजसंस्था फर्काउने योजनालाई साथ त दिदैन भन्ने चासो बढेको छ ।

साताकाे चर्चित
सम्बन्धित