एकीकृत समाजवादी भित्र चुलियो असन्तुष्टि
एकीकृत समाजवादी भित्र चुलियो असन्तुष्टि
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति नेताहरूको असन्तुष्टि बढेको छ। मापदण्ड तथा विधि पद्धतिलाई बेवास्ता गरेर केन्द्रीय सदस्य चयन र कार्यविभाजन गरिएको भन्दै नेताहरूमा असन्तुष्टि देखिएको हो।                                 एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केन्द्रीय कमिटी गठनमा असन्तुष्टि जनाए। उनले शनिबार फेसबुकमार्फत आक्रोश पोखेका छन्। एकीकृत समाजवादीमा सबै जनसंगठनका प्रमुखलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय भए पनि अनेरास्ववियूबाट केन्द्रीय कमिटीमा समेटिएका छैनन्। अरू जनसंगठनबाट केन्द्रीय कमिटीमा लगिएको र अनेरास्ववियूका अध्यक्षको हैसियतमा आफूलाई केन्द्रीय कमिटीमा नसमेटिएपछि उनले असन्तुष्टि जनाएका हुन्।त्यस्तै अनेरास्ववियूमा लामो समय योगदान दिएका व्यक्तिहरू केन्द्रीय सदस्य नबनाइएको र संगठन नै नबुझेकालाई कमिटीमा लगिएको उनले बताए। ‘जसले संगठन नै बुझेको छैन। सांगठनिक संरचना विधि पद्धति नै बुझेको छैन त्यस्ता व्यक्तिलाई केन्द्रीय कमिटीमा छनोट गरियो,’ पराजुलीले भने, ‘अनेरास्ववियूमा रहेर लामो समय योगदान गरेको पनि कमिटीमा समेटिएको छैन। संगठन नै नबुझेकालाई लगेर विधि, पद्धति मिच्न मिल्दैन।’त्यस्तै हालै मात्रै जीवन राई नेतृत्वको नेकपा एकीकृत नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । निर्वाचन आयोगमा पठाइएको पत्रमा राईलाई केन्द्रीय सदस्य बनाइएको छ। तर, पार्टीको जिम्मेवारीमा भने उनलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको एक नेताले जिकिर गरे। सो विषयमा राईलगायत नेताहरू असन्तुष्ट भएको स्रोतको दाबी छ। तर, राईले भने पार्टीमा आफ्नो जिम्मेवारी बाँडफाँड हुन बाँकी नै रहेको भन्दै आफू केन्द्रीय सदस्य भएको बताए।

साताकाे चर्चित
सम्बन्धित