थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ६८० जना संक्रमणमुक्त
थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ६८० जना संक्रमणमुक्त
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ६८० जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ४३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ भने ७ लाख ८१ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ जना रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित