माधव नेपालले सम्धीलाई दिए आर्थिक विभाग प्रमुखको जिम्मेवारी
माधव नेपालले सम्धीलाई दिए आर्थिक विभाग प्रमुखको जिम्मेवारी
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

काठमाडौं, नेकपा एकीकृत समाजवादी पार्टीको आर्थिक विभाग प्रमुखको जिम्मेवारी सोमप्रसाद पाण्डेले पाएका छन् । उनले पाल्पा जिल्ला इन्चार्जको समेत गरी दोहोरो जिम्मेवारी पाएका हुन् ।पाल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद पाण्डे नाताले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । नेपालकी छोरी पाण्डेका छोराले विवाह गरेका छन् ।पाण्डे माधव नेपालका विश्वासपात्र समेत मानिन्छन् । नेकपा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा पाण्डेको हस्ताक्षर थिएन । पछि मात्र पाण्डेले हस्ताक्षर गरेका थिए । यो मुद्दा अदालतमा विचाराधीन छ ।

साताकाे चर्चित
सम्बन्धित