तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
    • बेल संचार

    • १ कार्तिक २०७८, सोमबार

काठमाडाैं । सङ्खुवासभाको धर्मदेवी नगरपालिका-१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका -१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताए । ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो ।  दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ

साताकाे चर्चित
सम्बन्धित