जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त, २२ जनाको मृत्यु
जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त, २२ जनाको मृत्यु
    • Bell Sanchar

    • १ कार्तिक २०७८, सोमबार

काठमाडाैं । भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ । यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।                    बीबीसी हिन्दीका अनुसार मारिएकामा भारतीय सेनाका ९ जना छन् । मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको छ ।                                      भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए ।अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।

साताकाे चर्चित
सम्बन्धित