जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने
जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने
    • Bell Sanchar

    • १ कार्तिक २०७८, सोमबार

काठमाडौं। जेस्म बोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिकाे विषयमा गरेकाे घाेषणाले सबैकाे ध्यान तानेकाे छ । जेम्स बोन्ड फिल्मको पछिल्लो पाँच श्रृखंलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिइ दान गर्ने घाेषणा गरेका छन् ।          उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति सामाजिक कार्यमा प्रयोग होस् भन्ने हेतुले दान गर्ने घोषणा गरेका छन् । ‘म आगामी पुस्तालाई सम्पत्ति छोड्न चाहन्न । मलाई लाग्छ उतराधिकारीलाई छाड्नु दुखद् कुरा हो’, उनले एक अन्तर्वार्तामा भनेका छन् ।५३ वर्षीय अभिनेताको पहिलो पत्नी फियोना लउडनबाट एक २९ वर्षिय छोरी छिन् भने दोस्रो पत्नी तथा अभिनेत्री रेचल वाइजबाट पनि एक छोरी गरी दुई सन्तान छन् । क्रेगसँग कुल १४५ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित