सुदूरपश्चिम प्रदेशका जिल्लामा बाढी : सेनाकाे हेलिकाेप्टरमार्फत उद्धार गरिँदै
सुदूरपश्चिम प्रदेशका जिल्लामा बाढी : सेनाकाे हेलिकाेप्टरमार्फत उद्धार गरिँदै
    • बेल संचार

    • २ कार्तिक २०७८, मंगलवार

काठमाडौँ। लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा आएको बाढी र पहिरोमा परेकाहरुका नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न लागिएको छ। बाढी पहिरोमा थुनिएका नागरिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको हो।                            गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले बताइन्।वर्षातका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन्।केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बीचमा थुनिएको खबर आएको पाण्डेले बताइन्। मन्त्री खाणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तिव्र गतिमा गर्न निर्देशन दिएका छन्।त्यस्तै उनले गृहको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख पाण्डेलाई विपदमा परेकाहरुको उद्धार, अस्थायी स्थानान्तरणको कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्। गृहमन्त्री खाणले बाढी र पहिरो र डुबान प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई टेलिफोनबाट जानकारी समेत लिएका छन्।

साताकाे चर्चित
सम्बन्धित