माओवादी केन्द्रले बनायो अनुशासन,लेखा र निर्वाचन आयोग !
माओवादी केन्द्रले बनायो अनुशासन,लेखा र निर्वाचन आयोग !
    • Bell Sanchar

    • २ कार्तिक २०७८, मंगलवार

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकबाट तीनवटा आयोग बनाएको छ ।

पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बसेको बैठकले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो । साथै ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र विशेष समिति समेत बनाएको छ ।

लेखा आयोगको अध्यक्षको जिम्मेवारी पेशल कुमार खतिवडालाई तोकिएको छ भने निर्वाचन आयोगमा अध्यक्ष विष्णु पुकार श्रेष्ठ तोकिएका छन् ।। त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरेको छ ।

माओवादीले १४९ सदस्यीय सल्लाहकार समिति र १७५ सदस्यीय विशेष समिति पनि गठन गरेको छ । त्यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष कार्तिक ४ गते बस्ने बैठकले तोक्ने माओवादीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित