प्रतिकूल मौसमका कारण शे-फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती
प्रतिकूल मौसमका कारण शे-फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती
    • Bell Sanchar

    • २ कार्तिक २०७८, मंगलवार

जाजरकोट । प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ ।

निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दसैंको विदामा डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई घर फर्कन समस्या भएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए ।

मौसममा आएको प्रतिकूलताले बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित बनेको जुफाल विमानस्थलको कार्यालयले जनाएको छ ।

अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटल भरिभराउ भएका छन् । स्थल मार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइँ शे फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल पर्दै आएका छन् । दैनिक ४० भन्दा बढी पर्यटकलाई आफूले होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए ।

यो मौसम डोल्पा घुम्नका लागि सबैभन्दा उत्कृष्ट रहेको उनले बताए । शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका अनुसार दिनमा १०० भन्दा बढी पर्यटक फोक्सुण्डो तालतिर जाने गरेका छन् ।

मङ्सिरदेखि हिमपात सुरु हुने भएकाले अहिले समयमा उपल्लो डोल्पामा घुम्ने पर्यटकका लागि उपयुक्त समय मानिन्छ ।

साताकाे चर्चित
सम्बन्धित