यस कारण सर्यो प्रतिनिधिसभाको बैठक
यस कारण सर्यो प्रतिनिधिसभाको बैठक
    • Bell Sanchar

    • २ कार्तिक २०७८, मंगलवार

काठमाडौ । कात्तिक ९ गतेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको छ। नेकपा एमालेको आग्रहमा सभामुख अग्नी सापकोटाले बैठक सारेका हुन्। प्रतिनिधि सभाको बैठक ९ गते १ बजेका लागि डाकिएको थियो।

संसद सचिवालयले सूचनामार्फत् उक्त बैठक ११ गते २ बजेका लागि सारिएको जानकारी दिएको हो। कात्तिक ९ गते एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ। त्यसअघि कात्तिक ६ गते एमालेको देशभरका वडाहरुमा अधिवेशन हुँदैछ।

साताकाे चर्चित
सम्बन्धित