जापानको टापुबीचको समुन्द्रमा चीन र रुसका युद्धपोत
जापानको टापुबीचको समुन्द्रमा चीन र रुसका युद्धपोत
    • Bell Sanchar

    • २ कार्तिक २०७८, मंगलवार

एजेन्सी, २ कात्तिक । जापानका दुई मुख्य टापुका बीचको समुन्द्रमा चीन र रुसका युद्धपोतहरु पुगेका छन् । जापानको राजधानी टोकियो समेत रहेको होन्सु टापु र उत्तरतर्फको होक्काइडो टापुको बीच रहेको समुन्द्रबाट दशवटा युद्धपोतहरु बढेका हुन् ।जापानले उक्त गतिविधिलाई नजिकबाट नियालेको जनाएको छ । मङ्गलबार नियमित पत्रकार सम्मेलनमा जापानका उपमन्त्री होसिसुको ओसोजाकीले युद्धपोतहरुलाई उच्च महत्वका साथ नियालेको बताएका हुन् ।सुगुरु स्ट्रेट भनिने उक्त समुन्द्री क्षेत्र जापान समुन्द्र र प्रशान्त महासागर छुट्याउने सीमा पनि हो । जापानले पहिलोपटक चीन र रुसका युद्धपोत उक्त क्षेत्रबाट बढेको जनाएको हो । तर, दुवै युद्धपोतहरुले अन्तर्राष्ट्रिय नियम उल्लंघन नगरेको जापानको रक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।चीन र रुसले संयुक्त युद्ध अभ्यास गरेका छन् । अभ्यासका क्रममा जापान समुन्द्र भएर युद्धपोत बढेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित