मुलुकभर बाढीकाे वितण्डा : ३१ जनाको मृत्यु, ४३ जना वेपत्ता
मुलुकभर बाढीकाे वितण्डा : ३१ जनाको मृत्यु, ४३ जना वेपत्ता
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

काठमाडाैं।  मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा अहिलेसम्म ३१ जनाको ज्यान गएको छ। गृहमन्त्रालयका अनुसार ४३ जना वेपत्ता भएका भने १७ जना घाइते र ४०० जना विस्थापित भएका छन्।प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जानकारी दिएको छ।                                                      वर्षाले जनजीवन पनि प्रभावित भएको छ ।बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएका छन्।बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको छ भने २८ वेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका १०, डडेल्धुराका दुई र बैतडीका एक जना मृतकको सनाखत भएको छ।सनाखत भएकाहरुमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रबिन बिक रहेका छन्।घरमाथिबाट आएको पहिरोमा च्यापिएर उनिहरुको मृत्यु भएको प्रवक्ता चन्दले बताए। उनका अनुसार डोटीकै शिखर नगरपालिका–११ का ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ । गोपघाट बजारबाट घर जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।यसैगरी सायल गाउँपालिकाकै वडा नम्बर–६ स्थित मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको छ। मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुञ्जेडा र ११ वर्षीय आशिष कुन्जेडा छन्।अबिरल बर्षा पछि खसेको पहिरो घरमाथि पस्दा च्यापिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ। प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन्।डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका–३ की ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको प्रवक्ता चन्दले बताए। घरनजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको जनाइएको छ।

साताकाे चर्चित
सम्बन्धित