बैजनाथ खोलाले बगाएर हुलाकका एक कर्मचारीको मृत्यु
बैजनाथ खोलाले बगाएर हुलाकका एक कर्मचारीको मृत्यु
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

उदयपुर । जिल्ला हुलाक कार्यालय उदयपुरमा कार्यरत एक कर्मचारीको बैजनाथ खोलामा आएको बाढीले बगाएर ज्यान गएको छ। उदयपुरगढी गाउँपालिका–८ नरेटारका अतिरिक्त हुलाक कार्यालयका अतिरिक्त पत्रबाहाक कर्मचारीको कार्यालयको काम सकि घर फर्किने क्रममा बैजनाथ खोलाले बगाएर ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका– ८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको नेपालटारबाट महादेवस्थान घर फर्किने क्रममा खोलाले बगाएको हो। श्रेष्ठको शव एक किलोमिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले बताए।

साताकाे चर्चित
सम्बन्धित