आर्यन खानलाई झड्का : पाएनन् धरौटीमा रिहाको अवसर, जेलमै बसिरहने
आर्यन खानलाई झड्का : पाएनन् धरौटीमा रिहाको अवसर, जेलमै बसिरहने
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

अभिनेता शाहरुख खानका छोरा आर्यन खानले धरौटीमा रिहा हुनका लागि दिएको निवेदनलाई अदालतले बुधवार खारेज गरेको छ ।                                                                           लागूपदार्थ सम्बन्धी मुद्दामा फैसला सुनाउँदै अदालतले धरौटीमा रिहा गर्ने निवेदन खारेज गरेको हो । नार्कोटिक्स कन्ट्रोल ब्युरो र आर्यन खान दुवै पक्षका वकिलहरूको बहस सुनेपछि सेसन्स कोर्टले फैसला लिएको हो । आर्यन खान अहिले मुम्बई आर्थर रोड जेलमा बन्द छन् । आर्यन खानका वकिललले अब उच्च अदालतको ढोका ढक्ढकाउने बताएका छन् । मुम्बईको विशेष अदालतमा जमानत याचिका खारेज भएपछि अब उनी आर्यन खानको जमानतका लागि उच्च अदालतमा निवेदन पेश गर्ने तयारीमा लागेका छन् ।

साताकाे चर्चित
सम्बन्धित