फेसबुककाे नयाँ नाम राख्ने तयारीमा जुकरवर्ग
फेसबुककाे नयाँ नाम राख्ने तयारीमा जुकरवर्ग
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नयाँ नाम राख्ने तयारी गरेको बताएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ ।तर उनले आधिकारिक घोषणा गर्नु अगाडि नै नयाँ नाम सार्वजनिक हुने भर्जले रिपोर्ट गरेको छ ।                     यसअघि फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीबारे ठूलो विवादास्पद खुलासा गरेपछि फेसबुक चारैतिरबाट दबाबमा आएको थियो । व्यक्तिको हितभन्दा कम्पनीको नाफालाई बढी प्राथमिकता दिएर काम गरेको सम्बन्धी उनले विभिन्न डक्युमेन्टहरु लिक गरेकी थिइन् ।यसरी अनुपयुक्त व्यवसायिक अभ्यासलाई लिएर विश्वभरका निरीक्षक र सांसदहरुबाट आलोचित भएको फेसबुकले अब आगामी दिनहरुमा ‘मेटाभर्स’ मा केन्द्रित रहनका लागि भनेर पनि यस्तो गर्न लागेको बताइएको छ । प्राविधिक कम्पनीहरुले आफ्नो सेवा विस्तार गर्न यस किसिमले नाम परिवर्तन गरिरहने गरेका छन् ।त्यस्तै यो महिना पाँच घण्टासम्म फेसबुक, वाट्सएप, इन्स्टाग्राम दुनियाँभर नचलेपछि यसले पनि कम्पनीको सुरक्षा र सेवाबारे प्रश्न खडा गरेको थियो । यसले फेसबुकको शेयरमा गम्भीर प्रभाव पारेको थियो । -एजेन्सी

साताकाे चर्चित
सम्बन्धित