नेकपा एसको सल्लाहकारमा युट्युबमा भाइरल पुण्य गौतम नियुक्त
नेकपा एसको सल्लाहकारमा युट्युबमा भाइरल पुण्य गौतम नियुक्त
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

नेकपा एकीकृत समाजवादीले सामाजिक संजालमा अनेक फण्डा गरेर समय समयमा युट्युबमा भाइरल हुने  पुण्य गौतमलाई सल्लाहकारमा नियुक्त गरेको छ। एसको सल्लाहकार सूचीमा प्राध्यापक कृष्ण पोखरेलदेखि युट्युबर गौतमसम्मलाई समेटेर १५४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सल्लाहकार परिषद्को सभापति भने चयन गरिएको छैन ।नेकपा एसको सल्लाहकार परिषद्‌मा लेखक तथा राजनीतिक विश्लेषक प्रा।कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराई, मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, बद्रीप्रसाद खतिवडा ९विरोध खतिवडाका पिता०, गजलकार बुँद रानालगायतलाई समेटेको छ ।

साताकाे चर्चित
सम्बन्धित