एकै परिवारका ६ जनाको दाहसंस्कार
एकै परिवारका ६ जनाको दाहसंस्कार
    • Bell Sanchar

    • ४ कार्तिक २०७८, बिहीबार

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दाहसंस्कार गरिएको छ ।

अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको पहिरो परेर एकै परिवारका ६ जनाको मृत्यु भएको थियो । आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको पहिरोले धाविरे शाही घर पुरिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन तैपनि ५० भन्दा बढीको ज्यान गएको प्रारम्भिक तथ्यांक छ । बेमौसमी वर्षाले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित