काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक, बेखबर सरकार
काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक, बेखबर सरकार
    • Bell Sanchar

    • ४ कार्तिक २०७८, बिहीबार

स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन् । तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ । नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ ।

उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ । भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ । दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ । तर दुर्भाग्य, नौबिसे–नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ ।

विशेष गरेर नौबिसे–नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन् । जसले गर्दा साँझबिहान असाध्यै जाम हुन थालेको छ ।

पाल्पाको रामपुरबाट काठमाडौं फर्किंदै गरेका यात्रु अनिल शर्माले सडक विभागले नियमित मर्मतसम्भार नगर्दा नौबिसे–नागढुंगा सडक खण्डमा मंगलबार चार घन्टा जाममा फसेको गुनासो गरे । ‘अरू बेला मर्मतसम्भार नगरे पनि दसैंको बेला त गरे हुन्थ्यो नि १ अहिले यात्रुहरू दैनिक चारदेखि १२ घन्टासम्म नौबिसे–नागढुंगाको जाममा फस्दै आइरहेका छन्,’ उनले भने, ‘राजधानी भित्रिने मुख्य नाकाकै यस्तो हालत छ भने अन्य ठाउँको सडकको हालत कस्तो होला  ?’ शर्माले सरकारलाई सडकबाट कर मात्रै उठाउने नभई नियमित मर्मतसम्भार गर्न समेत सुझाए ।

साताकाे चर्चित
सम्बन्धित