स्रोत नखुलेको ८० लाख सहित बाग्लुङका एक युवा पक्राउ
स्रोत नखुलेको ८० लाख सहित बाग्लुङका एक युवा पक्राउ
    • Bell Sanchar

    • ४ कार्तिक २०७८, बिहीबार

स्रोत नखुलेको ८० लाख रुपैयाँ प्रहरीले भक्तपुरबाट एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार साँझ ८ बजे प्रहरीले बिशेष सुचनाका आधारमा ति युवकलाई प्रकाउ गरेको हो। भक्तपुर प्रहरी प्रवक्ता  डीएसपी दीपक गिरीका अनुसार पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका(१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन हुन् ।

मध्यपुरथिमी नगरपालिका(१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो।  त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको थियो।

प्रहरीले  पुनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाइएको डीएसपी दीपक गिरीले बताए ।

साताकाे चर्चित
सम्बन्धित