च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जीत, बायर्नको गोल वर्षा
च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जीत, बायर्नको गोल वर्षा
    • Bell Sanchar

    • ४ कार्तिक २०७८, बिहीबार

जेरार्ड पिकेको गोलको मद्दतले बार्सिलोनाले डाइनामो किएभमाथि १–० को जीत हासिल गरेको छ । यो सिजन च्याम्पियन्स लिगमा बार्साको पहिलो जीत हो ।

खेलको ३६ औँ मिनेटमा जोर्डी अल्बाको पासमा पिकेले खेलको निर्णायक गोल गरे । युरोपियन प्रतियोगितामा बार्सिलोनाले करिब साढे चार घण्टाको खेलपछि पहिलो गोल गरेको थियो । जीतसँगै बार्सिलोनाले प्रतियोगिताको नकआउट चरणमा छनोट हुने सम्भावना कायम राखेको छ ।

यसअघिका दुई खेलमा बार्सिलोना बायर्न म्युनिख र बेनफिकासँग समान ३–० गोलअन्तरले पराजित भएको थियो । तीन खेलपछि बार्सिलोनाको ३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको बेनफिकाको ४ तथा शीर्ष स्थानमा रहेको बायर्नको ९ अङ्क रहेको छ ।

 

 

बुधबार नै भएको बायर्नले बेनफिकालाई उसैको घरेलु मैदानमा ४–० गोलले हरायो । बायर्नले १२ मिनेटको अन्तरमा सबै गोल गरेको थियो । बायर्नको जीतमा लेरोय सानेले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । बेन्फिकाले एक गोल आत्मघाती गर्न पुग्यो ।

साताकाे चर्चित
सम्बन्धित