आज टोकियोमा डिसेम्बर जत्तिकै जाडो हुने
आज टोकियोमा डिसेम्बर जत्तिकै जाडो हुने
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

बदलिपूर्ण मौषमका कारण अक्टोबर २२ तारिख राजधानी टोकियो र आसपासको क्षेत्रमा डिसेम्बर महिनामा जत्तिकै चिसो हुने भएको छ । बर्षा सहित कान्तो क्षेत्रको विभिन्न भागहरुमा चिसो मौषम रहने भएकाले स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिएको छ ।शुक्रबार बिहान होन्शुको दक्षिण समुद्रमा बग्ने न्यून चापीय प्रणालीको प्रभावका कारण कान्तो क्षेत्रका धेरै ठाउँहरु प्रभावित हुनेछन् । कान्तो क्षेत्रमा बिहानैदेखि वर्षा हुनेछ । दिनको समयमा बर्षा हटेपनि तापमान बढ्ने सम्भावना नदेखिएकाले जाडो मौसम सुरु भएपछिको यो पहिलो धेरै चिसो र बर्षातको दिन हुने छ ।वर्षा गराउने बादल दिनभर रहने हुँदा दिनको समयमा समेत घाम लाग्नेछैन । धेरै ठाउँहरुमा राती अबेर सम्म वर्षा जारी रहने छ । तटीय क्षेत्रहरुमा चिसो हावा तिब्रगतिमा चल्ने हुनाले न्यानो कपडा लगाउन तथा छाता ओड्दा ख्याल गर्न आग्रह गरिएको छ ।बाक्लो वर्षासँगै बादलले ढाक्दा घाम दिनभर लाग्नेछैन । साथै तापक्रम दिनको समयमा नबढ्दा कठ्यांग्रिने चिसो हावा उत्तरपूर्वी भागबाट बहनेछ । शुक्रबार बिहान देखि तापमान उकालो नलाग्दा बिहान १० डिग्री सेल्सियस भन्दा कम हुनेछ भने दिनको समयमा पनि १५ डिग्रि भन्दा माथि नपुग्ने मौषम पूर्वानुमान गरिएको छ । जुन मौषम तापमान मध्य टोकियोमा डिसेम्बर पहिलो साता हुने बराबरको हो ।डिसेम्बर पहिलो साता मध्य टोकियोमा उच्चतम तापमान १३ डिग्रि भन्दा कम हुने ठानिएको छ ।तपाईं राजधानी र आसपासको क्षेत्रमा बसोबास गर्नुहुन्छ भने बर्षा, चिसो हावा र कठ्यांग्रिने जोडोका कारण शुक्रबार ज्याकेट सहि न्यानो कपडा र बिहानी तथा साँझको समयमा पञ्जा समेत लगाउन पर्नेगरि चिसो हुने भएकाले स्वास्थ्य सजगता र पूर्व तयारी अपनाउनुपर्ने देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित