जापानमा पेट्रोलको भाउ ७ वर्षकै ताजा उचाईमा
जापानमा पेट्रोलको भाउ ७ वर्षकै ताजा उचाईमा
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

जापानमा पेट्रोलको भाउ बढेर ७ वर्षकै ताजा उचाईमा उक्लिएको छ । भाउ बढ्ने क्रम जारी पनि छ । विश्वको आर्थिक गतिविधिमा पुनःबहाली भएपछि कच्चा तेलको मागमा भएको वृद्धिका कारण भाउ बढेको हो ।तेल सूचना केन्द्रले बताएअनुसार सोमबार देशभरमा नियमित खालको पेट्रोलको प्रतिलिटर औसत खुद्रा मूल्य १६४ दशमलव ६ येन (१ डलर ४४ सेन्ट) रहेको छ । यो एक हप्ता अघिको तुलनामा साढे २ येन बढी हो ।योसँगै तेलको भाउमा लगातार सातौं हप्ता पनि वृद्धि भएको छ । विश्वका प्रमुख तेल उत्पादक देशहरुले नोभेम्बर महीनाका लागि उत्पादन अघिल्लो महीनाकै यथावत् राखेपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको फय्यूचर मूल्य निरन्तर बढिरहेको छ ।जाडो नजिकिँदै गर्दा माग बढिरहेको र अमेरिकी डलरको तुलनामा जापानी यने कमजोर भएकोले पेट्रोलको भाउ आगामी हप्ता थप बढ्ने तेल सूचना केन्द्रका अधिकारीहरुले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित