विराटनगर विमानस्थल शनिवारदेखि सुचारु हुने
विराटनगर विमानस्थल शनिवारदेखि सुचारु हुने
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

बेमौसमी बर्षाले गर्दा डुवानमा परेको विराटनगर विमानस्थल शनिवारदेखि  सुचारु हुने भएको छ । मंगलबारदेखि उडान अवरुद्ध हुन पुगेको यो विमानस्थल परिसर र धावनमार्गमा  बाढी पसेपछि बुधबारदेखि पुर्ण रुपमा बन्द भएको थियो । बाढीले गर्दा पार्किङ गरेर राखिएका बुद्ध एयरको एक र श्री एयरलाइन्सको एक वटा जहाज  धावनमार्गमै डुवानमा परेका थिए ।

बिहीवार मौसम खुलेर घाम लागेपछि पानी घटेपनि अझै सबैतिर पानी कम नभएको र  सरसफाइको काम पनि जारी रहेकोले शुक्रबार साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सवकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार धावन मार्गमा जमेको हिलो  धमाधम सफा गर्ने काम भइरहेको छ ।

प्रमुख पोखरेलका अनुसार पार्किङ गरेर राखिएका बुद्ध र श्रीएयरका जहाज भने बिहीवार साँझ यात्रु विनै काठमाडौं पठाइएको छ । विमानस्थल चारदिनसम्म अवरुद्ध हुँदा दैनिक एक हजार बढी यात्रु  प्रभावित भएका छन् ।  मंगलवार साँझ परेको अत्याधिक बर्षाले गर्दा नजिकै रहेको बस्ता खोला र माथिल्लो सतहबाट बगेर आएको बाढीले  विराटनगर विमानस्थल डुबानमा परेको थियो ।

साताकाे चर्चित
सम्बन्धित